२५ श्रावण २०८३, सोमबार | August 10, 2026

ओली सरकार कामचलाउ भन्दै दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दायर गरेको रिटमा प्रधानमन्त्री ओली अहिले कामचलाउ सरकारको हैसियतमा रहेको भन्दै नयाँ सरकार गठन प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार हिजो दर्ता भएको उक्त रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभा सभामुख, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ ।

संविधानको धारा १००(२) अनुसार, सरकारलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्ताव प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले असार ३१ गते र नागरिक उन्मुक्ति पार्टीले असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

सो रिटमा कामचलाउ सरकारलाई दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिन समेत माग गरिएको छ । सर्वोच्चले यो रिटको सुनुवाइ आजको पेसीमा तोकेको हो ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १० : ०१ बजे

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,