१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल बने उपप्रधानमन्त्री



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् ।

सिंहले उपप्रधान सहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन भने पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : ०९ बजे

प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज निर्वाचन केन्द्रित छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा

आज काठमाडौंको यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा

आजको मौसम : तराईमा दिनभर हुस्सु लाग्ने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।