१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण, कर्मचारीलाई प्रतिफल आउनेगरी क्रियाशील हुन निर्देशन



काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेका छन । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा उनले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गरेका छन ।

मन्त्री गुरुङले मातहतका कर्मचारीलाई प्रतिफल आउनेगरी क्रियाशील हुन निर्देशनसमेत दिए । “नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाइँहरूको साथमा छु । मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मवारी निर्वाह गर्नुहोला”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव गुरुङले संविधान निर्माणपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन । उनी २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म मुख्यमन्त्री भएका थिए ।

विज्ञान विषयमा स्नातक मन्त्री गुरुङले पञ्चायतकालमै २०३४ सालदेखि राजनीति सुरू गरेका थिए । उनी २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार लमजुङमा अनेरास्ववियुकोतर्फबाट स्ववियु सचिव निर्वाचित भएका थिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनिसकेका गुरुङ प्रतिनिधिसभा निर्वाचन २०७९ मा लमजुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका हुन ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : १२ बजे

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक