१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

तीन प्रतिपक्षी दलको निष्कर्ष: ओलीलाई संबिधान विपरित प्रधानमन्त्री बनाइयो



काठमाडौं । तीन प्रतिपक्ष दलले केपी शर्मा ओलीलाई संबिधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन् ।

शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका विपक्षी दलका नेताहरुले संबिधान विपरित प्रधानमन्त्री नियुक्त गरिएको निष्कर्ष निकालेका हुन् ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान मिचेर सरकार गठन भएको बताउदै यस बारे संसदमा कुरा उठाउने बताए । उनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको पुनले बताए ।

तीन दलका नेताहरुले आइतबार प्रधानमन्त्री केपी ओलीले संसदमा माग्ने विश्वासको मतको बिपक्षमा मतदान गर्ने निर्णय भएको पनि पुनले बताए । ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए ।

उपमहासचिव पुनले संविधान मिचिएकोसहित भ्रस्टाचारका विषयहरु संसदमा सशक्त रूपमा कुरा उठाउने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : ४१ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र