३ पुस २०८२, बिहिबार | December 19, 2025

त्रिशुलीमा वेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली नेपालमा



भैरहवा । गत शुक्रवार चितवनको सिमलतालमा गएको पहिरोबाट वेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ ।

रुपन्देहीको बेलहिया नाका हुदै राती १२ बजे ४ वटा गाडी सहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञ सहितको टोली नेपाल आएको हो । त्रिशूली नदीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली ४ वटा गाडी सहित नेपाल आएको छ । टोलीले उद्वारमा चाहिने उपकरण समेत लिएर आएका छन ।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राती १२ बजे बेलहिया नाका हुदै नेपाल आएको हो,सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरुलाई स्वागत गरी भैरहवामा राखेको थियो । उनीहरु राती भैरहवामा बास बसी विहानै चितवन तर्फ प्रस्थान गरेका छन । चितवनमा उद्वार गर्नका लागि नै ती टोली नेपाल आएका हुन । सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै ती गाडी सहितको टोलीलाई स्वागत गरिएको थियो ।

खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा।भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगी खोजीकार्य गर्नेछन ।

राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञ सहित १२ जना रहेका छन । उनीहरुले उद्वारकका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

सिमलताल दुर्घटनाको आज आठौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : १० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको