१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

बंगलादेशमा असुरक्षित महसुस गरेका १७ विद्यार्थी भोलि बिहान नेपाल ल्याईँदै



काठमाडौं । बंगलादेशमा आन्दोलन चर्कँदै गएपछि असुरक्षित महसुस गरेका नेपाली बिद्यार्थीहरुलाई सरकारले नेपाल फर्काउने प्रबन्ध मिलाएको छ । प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल मार्फत सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेको जनाएका छन् । विद्यार्थीका परिवारसँग आज आफ्नो भेट भएको जनाउँदै उनले परिवारको माग बमोजिम १७ जना नेपाली विद्यार्थीहरूलाई काठमाडौ फर्काउने प्रबन्ध गरिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : २८ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका