१२ पुस २०८२, शनिबार | December 27, 2025

बंगलादेशमा असुरक्षित महसुस गरेका १७ विद्यार्थी भोलि बिहान नेपाल ल्याईँदै



काठमाडौं । बंगलादेशमा आन्दोलन चर्कँदै गएपछि असुरक्षित महसुस गरेका नेपाली बिद्यार्थीहरुलाई सरकारले नेपाल फर्काउने प्रबन्ध मिलाएको छ । प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल मार्फत सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेको जनाएका छन् । विद्यार्थीका परिवारसँग आज आफ्नो भेट भएको जनाउँदै उनले परिवारको माग बमोजिम १७ जना नेपाली विद्यार्थीहरूलाई काठमाडौ फर्काउने प्रबन्ध गरिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : २८ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका