१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने र नहुँदा खतरामा हुने मान्यता स्थापित हुन थालेको छ : गोकर्ण विष्ट



काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको बताएका छन् ।

नयाँ सरकार बनेपछि प्रतिपक्ष बन्न पुगेका पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै सांसद विष्टले यस्तो बताएका हुन् । यस्तो पाराको मान्यताले राजनीतिक नैतिकता नदेखिने उनको भनाइ थियो ।

उनले प्रचण्डले सरकारबाट बाहिरिनेबित्तिकै लोकतन्त्र खतरामा परेको भनी गरेको प्रचारमा कुनै तर्क नरहेको दाबी गरे । उनले भने, ‘यो कस्तो मान्यता स्थापित हुँदै गयो, आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने र आफू सत्ता बाहिर हुँदा लोकतन्त्र खतरामा पर्ने ? के लोकतन्त्र कुनै दलले निर्धारण गर्ने हो ?’

यस्तै उनले कांग्रेस-एमाले गठबन्धनले लुकेर संविधान संशोधन गर्न लागेको भनी गरेको प्रचारमा कुनै सत्यता नभएको दाबी गरे । ‘संविधान संशोधन लुकेर गरिने होइन । त्यो प्रावधान पनि छैन । बरु संविधान संशोधनका लागि विधेयक पेश गरेको ३० दिनभित्र जनतामाझ सार्वजनिक गर्नुपर्छ । यस्तो प्रावधानलाई नहेरेर एकोहोरो जुन प्रचार गरिएको छ त्यसमा सत्यता छैन,’ उनले भने ।

उनले समावेशिता सिद्ध्याउन खोजियो भन्ने आरोप पनि निराधार रहेको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : २० बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा