२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नेपालगन्जमा थपियो स्केट हाउस, आजबाट बागेश्वरी स्केट हाउस संचालनमा



नेपालगन्ज । नेपालगन्जमा थप एक स्केट हाउस सञ्चालनमा आएको छ । नेपालगन्जको बिपी चोकबाट पश्चिम कोरियनपुर सडकमा नयाँ स्केट हाउस संचालनमा आएको हो ।

स्थानीय जनक डांगीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ मा बागेश्वरी स्केट हाउस सञ्चालनमा ल्याएका हुन् । ५५ लाखको लागतमा आजबाट सञ्चालनमा आएको स्केट हाउस ६ हजार स्क्वायर फिटमा पूर्ण मापदण्ड अनुसार रहेको सञ्चालक डांगीले बताए ।

एक पटकमा ७० जनासम्म खेल्न मिल्ने गरि बनाइएको बागेश्वरी स्केटिङ नेपालगन्जमा सञ्चालनमा रहेका तीन वटा भन्दा ठूलो रहेको डाँगीले बताए ।

सञ्चालक डांगीले ८ देखि १८ वर्षका बालबालिका, किशोरकिशोरीलाई लक्षित गरेर स्केटिङ सञ्चालन गरेको बताए । उनले बालबालिकालाई मोबाइलको लतबाट छुटाउन स्केट खेलले भुमिका खेल्ने उनले अपेक्षा गरे ।

ट्राकसहित स्केटमा दुई जना प्रशिक्षक र ४ जना सहयोगी राखिएको छ । १० वर्षका लागि जग्गा लिजमा लिएर सञ्चालन गरिएको स्केटको मासिक खर्च एक लाख अनुमान गरिएको छ । एक घण्टा खेलेको दुई सय रुपैया तोकिएको छ । एक हप्ताको लागि उदघाटन अफरकारुपमा एक घण्टाको सय रुपैया कायम गरिएको उनले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरमा ७ वटा स्केट हाउस दर्ता भएपनि हाल नेपालगन्जमा बागेश्वरी सहित २ वटा संचालनमा रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ५६ बजे

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको