१२ पुस २०८२, शनिबार | December 28, 2025

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या



जनकपुरधाम । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका( १ रतनपुरस्थित घरमै ८० वर्षीय रायको हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको प्रहरीले जनाएको छ । उनको हत्या भएको खबर गएराति १ बजे आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

खबर आएलगत्तै घटनास्थल पुगेको प्रहरीले रायलाई कोठा भित्र मृत अवस्थामा फेला पारेको थियो । डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ । उनको टाउकोको बायाँ भागमा चोट छ ।

सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन् । अनुसन्धानका लागि तालिम प्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । परिवारसहित मलंगवा बस्दै आएका राय आइतबार मात्रै रतनपुर आएको बताइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : १२ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका