१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या



जनकपुरधाम । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका( १ रतनपुरस्थित घरमै ८० वर्षीय रायको हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको प्रहरीले जनाएको छ । उनको हत्या भएको खबर गएराति १ बजे आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

खबर आएलगत्तै घटनास्थल पुगेको प्रहरीले रायलाई कोठा भित्र मृत अवस्थामा फेला पारेको थियो । डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ । उनको टाउकोको बायाँ भागमा चोट छ ।

सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन् । अनुसन्धानका लागि तालिम प्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । परिवारसहित मलंगवा बस्दै आएका राय आइतबार मात्रै रतनपुर आएको बताइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : १२ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा