१२ पुस २०८२, शनिबार | December 27, 2025

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण



काठमाडौं । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् ।

जिल्ला वन डिभिजन कार्यालय, यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले बिरुवा रोपेका थिए ।

काठमाडौं-१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भूक्षय नियन्त्रणमा वृक्षारोपण महत्त्वपूर्ण हुने तथा स्वयम्भू क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताए ।

महासचिव अशोक बुद्धाचार्यले स्वयम्भू चैत्यको रु ५० लाखको लागतमा जीर्णोद्वार सम्पन्न गरिएको जानकारी दिँदै यस क्षेत्रमा आयोजना हुने परम्परागत मेला पर्वलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना सुनाए ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ७ : ४८ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका