१५ चैत्र २०८२, आइतबार | March 29, 2026

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपतिको कायालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आजै मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका थिए ।

उनले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका अमिक शेरचन र कर्णाली प्रदेशका तिलक परियारलाई आज पदमुक्त गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ३८ बजे

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण