२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

सुुस्तामा झोलुुङ्गे पुल, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै



नवलपरासी । नवलपरासी (बर्दघाट‐सुस्ता–पश्चिम) स्थित नारायणी नदीमा सुुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ ।

सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको पुलको निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताए ।

उनका अनुसार रु २३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ ।

सुुस्ता‐५ का वडाध्यक्ष प्रभुु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएका बताए । “पुल निर्माणपछि हामी सबै उत्साहित छौँ । हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन् । अहिले त यहाँ मेलाजस्तै भिडभाड हुने गरेको छ”, उनले भने, “पुल निर्माणपछि आवतजावतमा मात्रै होइन पर्यटकीय गतिविधि बढ्न गई आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरेका छौँ ।”

यो पुल देशमै लामो भनेर प्रचारप्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो । यसअघि मधेस प्रदेशको सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल, धनुषा जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल नेपालकै सबैभन्दा लामो भनिएको थियो । उक्त पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ ।

पाल्हीनन्दन‐४ निवासी सन्दीप धवल नेपालकै लामो झोलुङ्गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साहित बनेको बताउँछन् । “सुस्ता भनेपछि सधैँ दुःखका कुरा मात्रै हुन्थे । अब पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सहज भएको छ । हालको जस्तै आन्तरिक पर्यटकको आकर्षण कायम रहे यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुग्नेछ”, उनले आशा व्यक्त गरे ।

हाल दिनहुँ यहाँ सयौँ मानिसको घुइँचो लाग्ने गरेको छ । पुल अवलोकनका लागि आउने युुवा, युवतीले तस्बिर खिचाउँदै गरेको दृश्यले मनै लोभ्याउने गरेको धवलले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ३८ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ