४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाली मौलिकतामा हुर्किएको शान्तिप्रक्रिया विश्वकै नमुना हो : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताउँदै विश्वका लागि नमुना भएको बताएका हुन् ।

‘संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्’, प्रचण्डले भने, ‘यदि यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता र स्थापित गर्ने काम ठुलो स्केलमा हुने थियो होला’, प्रचण्डले भने, ‘संसारभर चल्ने यस प्रकारका युद्ध कि त हारमा परिणत भएका छन् कि जितमा ।’

प्रचण्डले हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा रहेको यो शान्ति प्रक्रियामा अरु देशको नक्कल नरहेको उनले स्पष्ट पारे ।

प्रचण्डले शान्ति सम्झौताको हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई विशेष स्मरणसमेत गरे । उनले आफुले जोखिम उठाएरै भए पनि नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले गरेको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको