४ पुस २०८२, शुक्रबार | December 19, 2025

नाइजेरियामा अपहरणमा परेका २० मेडिकल स्टुडेन्स अझै भएनन अपहरण मुक्त, फिरौंती बुझाउनु पर्ने सर्त



अफ्रिका । नाइजेरियाका सुरक्षाकर्मीले अपहरणमा परेका २० मेडिकल बिद्यार्थीलाई सकुशल फिर्ता ल्याउनका लागि पहल गरिरहेका छन् । नाइजेरियाली पुलिस र सुरक्षा एजेन्सीहरूले देशको पूर्वी भागमा अपहरणमा परेका २० मेडिकल विद्यार्थीहरूको रिहाइ सुरक्षित गर्न काम गरिरहेको जनाएका हुन् ।

मेडिकल विद्यार्थीहरू वार्षिक सम्मेलनमा भाग लिन जाँदै गर्दा बिहीबार साँझ बेनु राज्यमा अपहरणमा परेका थिए । क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासंघले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरू एनुगु सहरमा आयोजित सम्मेलनमा जाँदै गर्दा उनीहरूलाई अपहरण गरिएको हो ।

नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसनका महासचिव फर्च्युन ओलेले दुई विश्वविद्यालयका २० मेडिकल विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टरलाई अपहरण गरिएको जानकारी दिएका थिए । उनीहरुको रिहाइको बदलामा फिरौती मागेको जनाइएको छ ।

नाइजेरियन मेडिकल एसोसिएसनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मा पोस्ट गरेको प्रहरी महानिरीक्षकलाई पत्रमा  महासचिव बेन्जामिन एग्बोले अपहरणमा परेका १२ विद्यार्थी जोस विश्वविद्यालयका र आठ जना मैदुगुरी विश्वविद्यालयका रहेको बताए ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  २ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको