३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

अभिनेत्री पूजालाई समीक्षाको चेतावनी- फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्



काठमाडौं । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन् ।

उनले भनेकी छन्- 

अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ । त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदि भनें, माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पिडा नदिनुस् प्लिज ।

अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्- ‘भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रुभ गरिसकेको कुरा हो । कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन । पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन ।’

अभिनेता पल र पुजा नयाँ फिल्म ‘रावायण’ मा एकसाथ आउदै छन् । यस फिल्ममा अभिनेत्री पूजा निर्मात्री पनि हुन् ।  

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १ : ४० बजे

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न