४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्वास्थ्य सेवा सधैँ जनमुखी हुनुपर्छ : डा रुइत



जुम्ला । विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा सन्दुक रुइतले सेवा सधैँ जनमुखी हुनुपर्ने बताएका छन् । आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

डा रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको भन्दै यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । “दुईजना आँखा चिकित्सकले प्रतिष्ठानबाट नियमित सेवा दिने छन् । अबको एक वर्षपछि कर्णालीका दुई हजार जनाको मोतियाविन्दुुको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान तयार हुनुपर्छ । यसले यहाँका सीमान्तकृत समुदायका व्यक्ति र ग्रामीण गाउँबस्तीका नागरिकको निकै लाभान्वित हुनेछन्”, उनले भने,“कर्णालीका दूरदराजसम्म मोतियाविन्दुुको सेवा विस्तार गर्नेका लागि चाहिने स्रोत साधनको सहयोग म सधैँ तयार छु, यसमा सबैको उत्तिकै सहयोगको खाँचो छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले तिलगङ्गा आँखा अस्पताल र फ्रेड हलोज अस्ट्रेलिजले केही सामग्री सहयोग गरेपछि प्रतिष्ठानमा नेत्र रोग विभाग स्थापना गर्न सकिएको बताए । “अब जुम्लामै मोतियाविन्दुुको नियमित शल्यक्रिया र निरन्तर सेवा प्रदान हुनेछ । यसबाट दुर्गम गाउँका नागरिकले लाखौँ खर्चेर आँखाको उपचार गर्नुपर्ने दिनको अन्त्य हुनेछ”, उनले भने ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आँखाको बहिरङ्गबाट मात्रै उपचार हुँदा सामान्य समस्या आउँदा ‘रेफर’ गरेर बाहिर पठाउनुपर्ने बाध्यता सधैँका लागि हटेको बताए । मोतियाविन्दुको जटिल शल्यक्रियासमेत अब जुम्लामै हुने प्रतिष्ठानले जनाएको छ । यहाँका स्थानीय तहमा सञ्चालन भएको आँखा शिविरबाट छनौट भएका ४० जनाकोे मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको महतले जानकारी दिए ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ९ : ०६ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह