१ पुस २०८२, मंगलबार | December 17, 2025

देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन : ज्ञानबहादुर शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे नेपालमा कोहि पनि नभएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री ओलीले अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा नगएकोप्रति आक्रोश व्यक्त गर्दै सो कार्यक्रमका लागि भएको खर्च प्रधानमन्त्रीको निजी सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए ।

दिक्षान्त समारोहका लागि पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरु जुम्ला गएको र अन्य पाहुनाहरु समेत गइसकेको अवस्थामा प्रधानमन्त्रीले भ्याउँदिन भनेर कार्यक्रम स्थगित भएको थियो ।

उनले भने- ‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी, पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरका विद्यार्थी जुम्ला गए । त्यतिमात्रै होईन, डा. सन्दुक रूइत जानुभयो । हामीहरु गयौं, स्वास्थ्य सचिव जानुभयो । अन्तिम समयमा आएर के भन्दिनुभयो ‘म आउँदिन, दिक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो ? त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्छ ।’

सांसद शाहीले प्रधानमन्त्री विरामी भएको, मौसम खराबी भएको भए आफूहरुले मान्ने तर कार्य व्यवस्ताले सो कार्यक्रममा नजानु स्वीकार्य नभएको बताए ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ४ : ०७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष