१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भैरहवामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता हुँदै



बुटवल । भैरहवामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८१ हुने भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८१ हुने भएको हो ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि असोज ६ गते हुने प्रतियोगिताको तिव्र तयारी भैरहेको संघका अध्यक्ष सुजल पुनले जानकारी दिए । भैरहवा नारायणथानस्थित क्रेजि क्यु क्लब हाउसमा हुने प्रतियोगितामा तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

स्नुकरको क्रेज र विकासको गतिलाई जोड्ने गरि प्रतियोगिताहरु जरुरी रहने भन्दै उनले रुपन्देही खेलाडी जन्माउने उर्वरभूमि भएको दाबी गरे । रुपन्देहीमा राष्ट्रिय प्रतियोगिता समेत गर्ने तयारीमा रहेको उनले बताए । यसैगरी स्नुकर खेलको विकास र प्रचारप्रसारमा संचार क्षेत्रबाट भएको योगदानलाई मध्येनजर गरि पत्रकार सम्मान कार्यक्रमलाई समेत निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले रुपन्देही जिल्लाका विभिन्न पालिकाहरुमा यो खेल हुने गरेको हुँदा फरकफरक क्षेत्रमा प्रतियोगिता गर्ने अभ्यास शुरु गरेको बताए । स्नुकरप्रतिको आम नागरिक र प्रहरी, प्रशासनको सोचलाई परिवर्तन गर्न यहाका संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको समेत उनले बताए । संस्थालाई नयाँ र युवाहरुबाट निरन्तर पुस्तान्तरणलाई जोड दिनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले स्नुकर खेलप्रतिको युवाहरुको आकर्षणलाई मध्येनजर गरि प्रतियोगिता गर्न लागेको बताए । पहिलो पटक भैरहवामा आयोजना हुन लागेको प्रतियोगितालाई भब्य र सभ्य रुपमा सफल बनाउने गरि तयारीमा लागेको उनले बताए ।

रुपन्देही जिल्लामा आवद्घ रहेका सदस्यले प्रतियोगितामा भाग लिन पाउनेछन। राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले पनि भाग लिन सक्ने छन् । एक सय बढी खेलाडीहरुले भाग लिने प्रतियोगिताको उपाधि विजेतालाई नगद ६१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि हाईयस्ट ब्रेकरलाई नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने बताइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, स्नुकर संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष राजु प्रधान, संघका सचिव प्रकाश क्षेत्रीले खेल विकासमा स्थानीय सरकारको सहयोग जरुरी रहेको बताए । हाल रुपन्देहीमा ४४ वटा स्नुकर हाउसहरु संचालनमा छन भने धेरै राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी रुपन्देहीबाट उत्पादन भएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ९ : ४१ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण