१२ पुस २०८२, शनिबार | December 28, 2025

भीमदत्त राजमार्ग अवरुद्ध



डडेल्धुरा । बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा-डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्ण रूपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ । गए रातिदेखि हुरीबतास र वर्षाले डडेल्धुरामा विद्युत् सेवा पनि अवरुद्घ भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ८ : ५७ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका