१३ माघ २०८२, मंगलबार | January 27, 2026

साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई कसरी व्यवस्थित बनाउँदै निःशुल्क बनाउने त्यस विषयमा सम्बन्धित अधिकारीसँग सरकार छलफलमा रहेको बताए।

उनले जाजरकोटका अबिन बिकेको समस्यालाई आफ्नो स्टाटसमा समेट्दै लेखेका छन्, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन्। आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं। इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं। जाजरकोटका अबिन बिके लेख्नुहुन्छ, ‘अहिले म दैनिक रुपमा सयरपचास रुपैयाँका कारोबार दिनमा ५र६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०र७० रुपैयाँ खर्च हुन्छ। यसरी महिनामा मेरो दुई हजारदेखि २२ सयसम्म खर्च हुन्छ, यो कसरी हटाउने होला रु’

उनले सर्वसाधारणको उक्त समस्यालाई सरकारले आगामी दिनमा सम्बोधन गर्ने भन्दै हामीलाई झकझकाइरहन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १० : ११ बजे

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु