११ पुस २०८२, शुक्रबार | December 26, 2025

लुम्बिनी विकास कोषका कोषाध्यक्ष र सदस्य सचिवमाथि निर्माणव्यवसायीबाट आक्रमण(भिडीयोसहित)



लुम्बिनी । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले हातपात गरेका छन् ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा संचालनमा रहेको कार्यक्रममा सहभागी भईरहेको बेला ठेकदारहरूको एक हुल आएर कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यमाथि आक्रमण गरेको बताईएको छ ।

गुण्डागर्दी शैलीमा कोषाध्यक्ष र सदस्य सचिवमाथि आक्रमण भएको प्रत्यक्षदर्शीले बताए । आफुलाई एकाएक २० जनाको समूहले कार्यक्रम स्थलमै आएर आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । निर्माण व्यवसायीहरुको आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ ।

केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफुमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाको माग गरे । उनले सुरक्षाके प्रत्याभूति नहुँदा सम्म कुनै चेकमा हस्ताक्षर नगर्ने पनि उनले बताए ।

ठेकेदार कम्पनीहरुलाई भुक्तानी गर्ने रकम सरकारबाट निकासा नआउँदा भुक्तानीमा ढिलाई भएपनि हिजो मात्र कोषको खातामा रकम आएको र भुक्तानीको प्रक्रिया सुरु गर्न आजै अपरान्ह उपाध्यक्ष ल्हारक्याल लामा सहतिको बैठक डाकिएको थियो । धर्नामा रहेका निर्माण ब्यवसायीलाई सो सम्बन्धि जानकारी गराएर आफु कार्यक्रममा आएको भट्टराईले बताए ।

कोषका पदाधिकारीहरु सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही जाने तयारीमा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ५७ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’