१४ भदौ २०८३, आइतबार | August 30, 2026

मधेशका मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको काम



जनकपुरधाम । मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकिकरण कार्यक्रममार्फत मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको सय दिनको कार्यहरु सार्वजनिक गरेका हुन् ।

उनले सय दिनको अवधिमा प्रदेश सरकारले उल्लेख्य कार्य गरेको बताए ।

मुख्यमन्त्री सिंहले सय दिनमा लोकसेवा आयोग मधेशलाई पूर्णता दिएको, प्रदेश सभाको नियमित बैठक सञ्चालन, एमबिबी एस कार्यक्रम सञ्चालन, आठ वटै प्रदेशमा शैक्षिक पार्क निर्माण, महिला कृषि स्वयम् सेविका परिचालन, निर्वाचन क्षेत्र लक्षित कृषि विद्युतीकरण, विदेशबाट फर्केका महिलालाई मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रमलगायतको कार्य योजना सय दिनमा तयार पारेको जानकारी दिएका छन् ।

साथै उनले रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि अवधारणा तयार पारेको जानकारी दिए ।

उनले भने( ुछोटो अवधिमा बनाएका योजना र गरेका काम सार्बजनिक भएका छन, आगामी कार्य योजनाका लागि सुझाव सङ्कलन गरी अझै प्रभवकारी योजना प्रदेश सरकारले बनाउने छ ।ु

सय दिने कार्यविवरण प्रस्तुत गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन कायम गराउनको लागि आफूहरुले महत्वपूर्ण काम गरेको उल्लेख गरे। कर्मचारी सरुवाको समस्यालाई व्यवस्थित गरेको पनि बताए।

कार्यक्रममा प्रदेशका मन्त्री तथा प्रदेश सचिवहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ३५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ