३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेका छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट



नेपालगन्ज । बाँकेमा द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा राजस्व चुहावट हुने गरेको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकासँग सीमा जोडिएका भारतीय नाकामा अवस्थित सात छोटी भन्सार कार्यालय बन्द भएपछि सहजै चोरी–पैठारी हुने गरेको छ । आफ्नै भवन रहेका नरैनापुर, खडैचा र साइगाउँ छोटी भन्सारका भवनसमेत भत्किएर भग्नावशेष अवस्थामा पुगेका छन् ।

सीमावर्ती भारतीय बजार अलिगवासँग जोडिएको कटकुइँयाको सुइया बघौडा, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहसँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निमियासँग जोडिएको हिरमिनियाको भङ्घोटन र रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर गरी विगतमा सात छोटी भन्सार रहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट दूरीका हिसाबले ६० किलोमिटर टाढा सुइया बघौडा, नरैनापुर ५० किलोमिटर, भगवानपुर ४० किलोमिटर, खडैचा ४० किलोमिटर, भङ्घोटना चार किलोमिटर, साइगाउँ तीन किलोमिटर र पश्चिम साइगाउँमा रहेको उढरापुर छोटी भन्सार कार्यालय पाँच किलोमिटर दूरीमा पर्दछन् ।

छोटी भन्सार कार्यालय नभएपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले चोरी–पैठारी नियन्त्रणको काम गर्दै आएको छ । छोटी भन्सार सञ्चालन नभएको अवस्थामा पनि नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब रु तीन अर्ब राजस्व असुली गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउन र भदौमा रु दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार राजस्व असुली भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले बताए । भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौमा रु एक अर्ब ४९ करोड पाँच लाख २० हजार राजस्व असुली गरेको हो ।

नेपालगञ्ज भन्सारलाई हरेक महिनामा रु दुई अर्बभन्दा बढी राजस्व असुली गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको तथ्याङ्कअनुसार हरेक महिनामा लक्ष्यभन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व असुली भएको सूचना अधिकारी लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : ५९ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम