१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मालेकालका सेल्टर दाता नापितको अवसानले पार्टीलाई अपूरणिय क्षति भयो : लिला गिरी



बुटवल । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले पार्टीका नेता कार्यक्रतालाई सेल्टरदाता इश्वरादेबी नापितको अबसानले नेकपा एमालेलाई अपूरणिय क्षती भएको बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगर नगर वडा नं ८ ले भैरहवाको बैंककलोनीमा आयोजना गरेको इश्वरादेबी नापितको (८ औं दिनको पुण्य तिथि) श्रद्धाञ्जली सभामा बोल्दै गिरीले पार्टीको भुमिगत समयमा पार्टीका नेता कार्यकर्तालाई सेल्टर दाता, पार्टीका नेता कार्यकर्ताको मूल्यांकन गर्ने, इमान्दारीताको बारेमा प्रष्ट भन्ने, सटिक बिश्लेषण गर्ने एक कर्मठ योग्य इमान्दार नेताको अबसानले पार्टीलाई ठूलो क्षती पुगेको बताए ।

नापित बाम तथा लोकतान्त्रिक आन्दोलनमा सकृय, तत्कालिन नेकपा मालेका नेता तथा कार्यक्रताको सेल्टर दाता, नेकपा एमाले नगरकमीटी, क्षेत्रिय कमिटी हुँदै जिल्ला सल्लाहकार एबं अनेमसंघ नगर कमिटी अध्यक्ष, २०५४ सालमा जनप्रतिनिधिको रुपमा नेतृत्व गरेकी थिइन ।

उनको ७४ बर्षको उमेरमा असोज ९ गते सिद्धार्थनगर ८ स्थित बैंककोलोनी आफ्नै निवासमा देहावसान भएको थियो । उनका दुई छोराहरु र दुई बुहारीहरु रहेका छन् ।

श्रद्धाञ्जली सभामा नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, नेकपा एमालेका रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला उपाध्यक्ष हितराज पन्थी, नगर अध्यक्ष चक्र बहादुर थापा,लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १ : ४७ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।