१८ माघ २०८२, आइतबार | February 1, 2026

मालेकालका सेल्टर दाता नापितको अवसानले पार्टीलाई अपूरणिय क्षति भयो : लिला गिरी



बुटवल । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले पार्टीका नेता कार्यक्रतालाई सेल्टरदाता इश्वरादेबी नापितको अबसानले नेकपा एमालेलाई अपूरणिय क्षती भएको बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगर नगर वडा नं ८ ले भैरहवाको बैंककलोनीमा आयोजना गरेको इश्वरादेबी नापितको (८ औं दिनको पुण्य तिथि) श्रद्धाञ्जली सभामा बोल्दै गिरीले पार्टीको भुमिगत समयमा पार्टीका नेता कार्यकर्तालाई सेल्टर दाता, पार्टीका नेता कार्यकर्ताको मूल्यांकन गर्ने, इमान्दारीताको बारेमा प्रष्ट भन्ने, सटिक बिश्लेषण गर्ने एक कर्मठ योग्य इमान्दार नेताको अबसानले पार्टीलाई ठूलो क्षती पुगेको बताए ।

नापित बाम तथा लोकतान्त्रिक आन्दोलनमा सकृय, तत्कालिन नेकपा मालेका नेता तथा कार्यक्रताको सेल्टर दाता, नेकपा एमाले नगरकमीटी, क्षेत्रिय कमिटी हुँदै जिल्ला सल्लाहकार एबं अनेमसंघ नगर कमिटी अध्यक्ष, २०५४ सालमा जनप्रतिनिधिको रुपमा नेतृत्व गरेकी थिइन ।

उनको ७४ बर्षको उमेरमा असोज ९ गते सिद्धार्थनगर ८ स्थित बैंककोलोनी आफ्नै निवासमा देहावसान भएको थियो । उनका दुई छोराहरु र दुई बुहारीहरु रहेका छन् ।

श्रद्धाञ्जली सभामा नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, नेकपा एमालेका रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला उपाध्यक्ष हितराज पन्थी, नगर अध्यक्ष चक्र बहादुर थापा,लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १ : ४७ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि