१६ चैत्र २०८२, सोमबार | March 30, 2026

जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज



काठमाडौं । सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको हो । जोशी पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका उनी अहिले कास्की प्रहरी हिरासतमा छन् ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक रहेका जोशीले त्यहाँ रहँदा सहकारीको ठूलो रकम अपचलन गरेको आरोप छ । जोशीका व्यापारिक साझेदारहरु जीबी राई फरार छन् भने रवि लामिछानेलाई सरकारले अहिलेसम्म पक्राउ गरेको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ०५ बजे

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं