२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै



काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।

आज बिहान ६:१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो ।

घटस्थापनादेखि आज

पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्छ । यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिए ।

दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ६ : २१ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा