४ पुस २०८२, शुक्रबार | December 19, 2025

भेरी अस्पतालमा सिकनसेल एनिमियाको छुट्टै वार्ड स्थापना गरिने



काठमाडौं । नेपालगन्ज स्थित भेरी अस्पतालमा सिकलसेल एनिमियाको उपचारका लागि छुट्टै वार्ड स्थापना गरिने भएको छ । पश्चिम तराइका थारु समुदायमा बंशाणुगत स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयबाट थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि छुट्टै वार्ड स्थापना गर्ने निर्णय भएको हो ।

थारु समुदायका धेरै व्यक्तिमा समस्या देखिएपनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको थिएन । मन्त्रीस्तरीय निर्णयबाट भेरी अस्पताल नेपालगन्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापना हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थारु समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा छुट्टै वार्ड स्थापनाको निर्णय गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडामा थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमियाबाट यो समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको उल्लेख छ ।

पश्चिम तराइको बाँके, बर्दिया, कैलाली कञ्चनपुरलगायतका भू—भागमा बसोबास गर्ने थारु समुदायका नागरिकहरु सिकलसेल एनिमियाबाट बढी प्रभावित पाइएको छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका बमोजिम सिकलसेल एनिमियाका बिरामीहरुलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा शय्या सेवा शुल्क आदिको लागि १ लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ६ : ३४ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ