५ श्रावण २०८३, मंगलबार | July 22, 2026

भेरी अस्पतालमा ‘भिरिङ्गी’ रोगसम्बन्धी अनुसन्धान सुरु



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँले जानकारी दिए ।

उनले सो रोग लागेकै कारण विदेश जानेहरुलाई रोकन नहुनेमा जोड दिँदै रोगको उपचार, परीक्षण तथा परामर्शका लागि भेरी अस्पतालमा भेनस कर्नर स्थापना गरिएको बताए । विशेषज्ञ डा चापागाइँले भने, “यसको जोखिम बढ्दै गएकाले बिरामीलाई अस्पतालमा सहज पहुँच पु¥याउन यस्तो प्रयास गरेका छौँ ।”

अध्ययनको नेतृत्व गरेका अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला तथा यौन रोग विशेषज्ञ डा चापागाईंले सिफलिसलाई केवल व्यक्तिगत स्वास्थ्य समस्याका रूपमा सीमित गर्न नहुने धारणा व्यक्त गरे । सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग गाँसिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको जानकारी दिँदै उनले दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नसमेत अध्ययन सुरु गरिएको बताए ।

विशेषज्ञ डा चापागाईंका अनुसार हाल उपचार पूरा भइसकेका धेरै व्यक्ति पनि रगतको एक मात्र परीक्षण ‘टिपिएच ए’ पोजेटिभ भएको आधारमा वैदेशिक रोजगारीका लागि अयोग्य ठहरिने अवस्था देखिएको छ । उनले रोजगारी, पारिवारिक जीवन र मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको उल्लेख गर्दै पोजेटिभ हुनु सङ्क्रमण सर्ने अवस्था जनाउने सूचक होइन भन्ने तथ्यलाई प्रमाणसहित स्थापित गर्नु अहिलेको आवश्यकता भएको स्पष्ट पारे ।

अध्ययनले सिफलिसको वास्तविक अवस्था, उपचार प्रक्रियामा देखिएका व्यावहारिक चुनौती, स्वास्थ्यकर्मीमा विद्यमान भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी दिने विश्वास व्यक्त गरिएको छ । अध्ययनबाट प्राप्त निष्कर्षले भविष्यमा राष्ट्रिय एसटिआई मार्गनिर्देशन तथा वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार गर्नेसमेत अपेक्षा गरिएको छ ।

डा चापागाईंले सिफलिस उपचारयोग्य रोग भएको उल्लेख गर्दै आम नागरिकलाई समयमै परीक्षण र उपचारमा ध्यान दिन आग्रह गरेका छन् । सो अनुसन्धान सन् २०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  २ : ५२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं