४ पुस २०८२, शुक्रबार | December 19, 2025

हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकामा आज सार्वजनिक बिदा



पाल्पा । हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बिदा दिएको जनाएको हो ।

हरिबोधिनी एकादशीलाई यस क्षेत्रमा धार्मिक उत्सवको रुपमा मनाउने भएकाले नगर कार्यपालिकाको निर्णय अनुसार विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिए । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरी विदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले सूचना जारी गर्दै नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी र शैक्षिक संस्था लगायतका कार्यालयमा बिदा दिईएको जानकारी गराएका छन । कालिगण्डकी नदी किनारका विभिन्न स्थानमा हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्दै आएको छ ।

नगरपालिकाले बिगतका वर्षहरुमा पनि हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको थियो । ठूलो एकादशीको रुपमा लिईने हरिबोधिनी एकादशीको अवसरमा कालीनदी किनार अन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, स्याउली बजार लगाएतका विभिन्न स्थानमा मेला भर्न तथा स्नानका लागि भक्तजनहरु पुग्ने गर्दछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ८ : ०३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज