२० माघ २०८२, मंगलबार | February 4, 2026

मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम



काठमाडौं । अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै हुने गरेको चिकित्सकले बताएका छन् ।

डायबेटिक रेटिनोपेथी आँखाको दृष्टि पर्दा (रेटिना) मा आउने समस्या हो । तिलगङ्गा आँखा प्रतिष्ठानकी रेटिना विशेषज्ञ डा रबा थापाका अनुसार मधुमेहका कारण आँखाको पर्दामा हुने असर नै डायवेटिक रेटिनोप्याथी हो ।

उनी भन्छिन, “रगतमा सुगरको मात्रा धेरै हुँदा आँखाका पर्दाको रक्त नशाहरुमा यसले असर गर्दै जान्छ त्यसो हुँदा रक्तश्राव हुने, पर्दामा चिल्लो निस्किने, रगत जम्ने, पछि रक्त सञ्चालनमा कमी हुनुका साथै उपचार समयमा नभए पर्दा खुम्चिएर दृष्टि सधैँका लागि गुम्ने खतरा पनि हुक्छ ।” लामो अवधिसम्म रगतमा चिनीको मात्रासँगै चिल्लोपन बढ्दै जाँदा रेटिनाको स-साना रक्तनलीमा असर पु¥याउने गर्दछ । उक्त रक्तनलीबाट बोसो, रगत र तरल पदार्थ चुहावट हुँदा रेटिना सुन्निएर दृष्टि धमिलो हुने र रेटिना खुम्चिएर दृष्टि गुम्न सक्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका १० दशमलव पाँच प्रतिशत वयस्क जनसङ्ख्यामा मधुमेह हुने र त्यसमध्य आधा जनसङ्ख्या मात्र यसबारे जानकार छन् ।

चिकित्सकका अनुसार यो समस्याले आँखाको अगाडि कालो थोपा (भुसुना) जस्तो देखिने, छायाँ जस्तो देखिने, दृष्टि क्षमता कम हुँदै गएको आभास हुने, धमिलो देखिनेलगायतका लक्षणहरु देखाउन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ्यकर भोजन, नियमित शारीरिक व्यायाम, सुर्तीजन्य पदार्थको सेवन नगरेमा मधुमेहबाट बच्न सकिन्छ र पूर्वरोकथाम पनि गर्न सकिन्छ । मधुमेह रोग विशेषज्ञ डा दीपक मल्लले मधुमेह भएका सबै बिरामीले आँखाको जाँच गराउनै पर्ने बताउँछन । उनी भन्छन, “डायबेटिक रेटिनोपेथीको समस्या आइसकेको छ भने त छ महिनाको अन्तरालमा जाँच गराउनुपर्छ । मधुमेह भएकाले भने वर्षमा एकपटक जाँच गराएकै हुनुपर्छ ।”

तौल घट्नु, प्यास लागिराख्नु, भोक लागिराख्नु, धमिलो देख्नु, पिसाब लागि राख्नुलगायतका समस्या मधुमेहका लक्षणहरु हुन् । डा मल्लका अनुसार यस्ता खालका लक्षण देखिएको छ भने सुगरको जाँच गराउनुपर्छ ।

“ओपिडीमा आउने केही बिरामीहरु आँखा, मिर्गौला तथा खुट्टासम्बन्धी समस्या लिएर आउने हुन्छन् । यो भनेको ढिलो भएको अवस्था हो । त्यसैले नियमित सुगरको जाँच, सुगर नियन्त्रणमा राख्ने र चिकित्सक सल्लाअनुसार समयमा फलोअप गरेमा यी समस्याबाट जोगिन सकिन्छ”, डा मल्ल भन्छन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा ‘जनसङ्ख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार’ का विषयमा गरेको देशव्यापी अध्ययनले मधुमेहको समस्या आठ दशमलव पाँच प्रतिशतमा रहेको देखाएको छ । करिब १० लाखलाई मधुमेह छ भन्ने यो अध्ययनले आकलन गरेको छ ।

डा थापाका अनुसार मधुमेह भएका करिब एक तिहाइ बिरामीलाई डायबेटिक रेटनोपेथी देखिन्छ जसमा एक तिहाइ बिरामीलाई तुरुन्त उपचार गर्नुपर्छ । उनी कुनै व्यक्तिलाई मधुमेह भएको २० वर्षको अवधिमा पहिलो प्रकारको मधुमेह हुने करिब ९९ प्रतिशतलाई नै डायबेटिक रेटिनोपेथी भएको देखिने बताउँछन । साथै दोस्रो प्रकारको मधुमेहमा दुई तिहाइ बिरामीमा डायबेटिक रेटिनोपेथी भइसकेको हुन्छ ।

डा थापा भन्छन, “उच्च रक्तचाप, अनियन्त्रित सुगर, रगतमा चिल्लोको मात्रा बढी छ भने मधुमेह भएको २० वर्ष अगाडि डायबेटिक रेटिनोपेथी देखिन सक्छ । धुमपान गर्ने, रक्तअल्पता भएका, गर्भावस्थामा पनि रेटिनोपेथी छिटो देखिन्छ ।”

मधुमेह रोग लागेपछि आँखाको जाँच पनि गराउनुपर्छ भन्ने धेरैलाई जानकारी नभएकाले धेरैजसो ढिलो अस्पताल आइपुग्छन् । तिलगङ्गा आँखा प्रतिष्ठानमा दैनिक एक सय जना ओपिडीमा आउनेमध्ये औसतमा ५० जनामा यस प्रकारका लक्षण देखिने गरेको छ ।

“खास गरेर वैदेशिक रोजगारीमा जाने युवा उमेरका व्यक्तिहरुमा डायबेटिक रेटिनोपेथी अलि ढिलो भइसकेको अवस्थामा आइरहेका छन् । मधुमेह जँचाउने तर आँखा राम्ररी नजँचाउने भएकाले जटिलता निम्तिएको देखिन्छ”, डा थापाले भने ।

यससम्बन्धी जनचेतना जगाउनका निमित्त तिलगङ्गा आँखा प्रतिष्ठानले विगत वर्षझैँ यस वर्ष पनि ‘डायवेटिक रेटिनोपेथी दिवस’ मनाउँदै छ । अस्पतालले यही कात्तिक २३ गतेदेखि २९ गतेसम्म मधुमेह भएका बिरामीलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ भने विपन्न बिरामीलाई उपचार खर्चमा छुटको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : ४४ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको