२१ माघ २०८२, बुधबार | February 5, 2026

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट



चितवन । भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच आज यससम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार भरतपुर महानगरवासीले ‘होल बडी चेकअप’मा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट पाउनेछन् । अस्पतालले बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा हरिश्चन्द्र न्यौपाने र सिएमसी फार्मेसीका सरोजप्रसाद ज्ञवाली साक्षीका रूपमा रहेका छन् ।

छुट सुविधा लिनका लागि महानगरले उपचार कार्ड उपलब्ध गराउनेछ । यो कार्ड तयार नहुँदासम्म महानगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ । स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने महानगरवासीले छुटको दाबी गर्न पाउने छैनन् । महानगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमहरू भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने सम्झौतामा जनाइएको छ ।

शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीहरूलाई १० प्रतिशत छुटका लागि महानगरले सिफारिस गर्न सक्ने जनाइएको छ । महानगरले आफ्नो कार्यालय परिसरमा सबैले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ बाई ६ फिटको बोर्डमा दुवै पक्षबीच भएको सम्झौताको जानकारी राख्नुपर्नेछ । यो सेवा मङ्सिर २ गतेदेखि २०८२ मङ्सिर १ गतेसम्म लागू हुनेछ । सम्झौतालाई पुनः नवीकरण गर्न सक्ने प्रावधान राखिएको छ ।

त्यस अवसरमा महानगर प्रमुख दाहालले भरतपुर मेडिकल सिटीका रूपमा विकास हुँदै गएको चर्चा गर्दै यहाँका अस्पतालको सुविधा उपभोग गर्दा स्थानीयले सहुलियत पाउनु खुसीको कुरा भएको बताइन् । उनले भनिन्, “अस्पतालै अस्पतालको सहर भनिने यहाँका जनताले पाउने सुविधा के ? भन्ने प्रश्न थियो । भरतपुरवासीले पनि केही त पाए भन्ने गर्भको अनुभूति भएको छ ।”

प्रमुख दाहालले सिएमसीसँग विगतमा पनि सहकार्य गर्दै आएको र यो सम्झौताले दुई संस्थाबीचको सम्बन्ध अझ मजबुद भएको बताइन् । उनले अगाडि भनिन्, “यो सम्झौतालाई नमूना सहकार्यको मोडेल बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” आफूहरूको प्रस्तावलाई मेडिकल कलेजले सहर्ष स्वीकार गरेर यो सम्झौता गरिएको उनको भनाइ छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा न्यौपानेले देशकै नमूना अस्पताल रहेको भरपुरका नागरिकले यसबाट लाभ पाउनुपर्ने र त्यसका लागि छुट सम्झौता गरेको बताए । “नेपालमा सबैभन्दा धेरै बिरामी र स्पेसलिष्ट सेवा, शल्यक्रिया गर्ने अस्पताल चितवन मेडिकल कलेज हो । सिएमसी क्यान्सर अस्पतालमा बिपी काइराला मेमोरियल क्यान्सर अस्पतालको भन्दा एक रुपैयाँ बढी शुल्क लिएका छैनौँ । क्यान्सरको उपचार पनि सरकारी अस्पतालको शुल्कमा नै गरेका छौँ । त्यसमा पनि भरतपुरवासीलाई ३० प्रतिशत छुट हुन्छ”, उनले भने ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : १८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता