१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट



चितवन । भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच आज यससम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार भरतपुर महानगरवासीले ‘होल बडी चेकअप’मा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट पाउनेछन् । अस्पतालले बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा हरिश्चन्द्र न्यौपाने र सिएमसी फार्मेसीका सरोजप्रसाद ज्ञवाली साक्षीका रूपमा रहेका छन् ।

छुट सुविधा लिनका लागि महानगरले उपचार कार्ड उपलब्ध गराउनेछ । यो कार्ड तयार नहुँदासम्म महानगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ । स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने महानगरवासीले छुटको दाबी गर्न पाउने छैनन् । महानगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमहरू भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने सम्झौतामा जनाइएको छ ।

शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीहरूलाई १० प्रतिशत छुटका लागि महानगरले सिफारिस गर्न सक्ने जनाइएको छ । महानगरले आफ्नो कार्यालय परिसरमा सबैले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ बाई ६ फिटको बोर्डमा दुवै पक्षबीच भएको सम्झौताको जानकारी राख्नुपर्नेछ । यो सेवा मङ्सिर २ गतेदेखि २०८२ मङ्सिर १ गतेसम्म लागू हुनेछ । सम्झौतालाई पुनः नवीकरण गर्न सक्ने प्रावधान राखिएको छ ।

त्यस अवसरमा महानगर प्रमुख दाहालले भरतपुर मेडिकल सिटीका रूपमा विकास हुँदै गएको चर्चा गर्दै यहाँका अस्पतालको सुविधा उपभोग गर्दा स्थानीयले सहुलियत पाउनु खुसीको कुरा भएको बताइन् । उनले भनिन्, “अस्पतालै अस्पतालको सहर भनिने यहाँका जनताले पाउने सुविधा के ? भन्ने प्रश्न थियो । भरतपुरवासीले पनि केही त पाए भन्ने गर्भको अनुभूति भएको छ ।”

प्रमुख दाहालले सिएमसीसँग विगतमा पनि सहकार्य गर्दै आएको र यो सम्झौताले दुई संस्थाबीचको सम्बन्ध अझ मजबुद भएको बताइन् । उनले अगाडि भनिन्, “यो सम्झौतालाई नमूना सहकार्यको मोडेल बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” आफूहरूको प्रस्तावलाई मेडिकल कलेजले सहर्ष स्वीकार गरेर यो सम्झौता गरिएको उनको भनाइ छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा न्यौपानेले देशकै नमूना अस्पताल रहेको भरपुरका नागरिकले यसबाट लाभ पाउनुपर्ने र त्यसका लागि छुट सम्झौता गरेको बताए । “नेपालमा सबैभन्दा धेरै बिरामी र स्पेसलिष्ट सेवा, शल्यक्रिया गर्ने अस्पताल चितवन मेडिकल कलेज हो । सिएमसी क्यान्सर अस्पतालमा बिपी काइराला मेमोरियल क्यान्सर अस्पतालको भन्दा एक रुपैयाँ बढी शुल्क लिएका छैनौँ । क्यान्सरको उपचार पनि सरकारी अस्पतालको शुल्कमा नै गरेका छौँ । त्यसमा पनि भरतपुरवासीलाई ३० प्रतिशत छुट हुन्छ”, उनले भने ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले