१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’



कैलाली । यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादसैँ, तिहार (दीपावली), छठलगायत पर्व सकिएसँगै चाडबाड मनाउनकै लागि घर फर्किएकाहरू पुनः आफ्नो कर्मथलो फर्किन थालेका छन् । हाल सुदूरपश्चिमेलीका नाकाहरू यसरी रोजगारीका लागि छिमेकी राष्ट्र भारत फर्किनेहरूको भीड देख्न सकिन्छ ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट हिजोआज दिनहुँ दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारको लागि मुग्लान (भारत) गइरहेको सीमानाकास्थित सशस्त्र प्रहरी सीमा सहायता कक्ष (हेल्प डेस्क) ले जनाएको छ । यहाँबाट एक सातामा नौ हजार एक सय ४९ जना नेपाली भारतका विभिन्न सहरमा रोजगारीका लागि बाहिरिएका तथ्याङ्क छ ।

लामो समयदेखि भारतको रत्नागिरीमा रोजगारी गर्दै आएका कैलालीको मोहन्याल गाउँपालिकाका प्रदीप सार्कीले केही समयअघि चाडपर्व मनाउनैका लागि आफू घर आए पनि पुनः रोजगारीका लागि जान लागेकोे बताए । उनले आफूले रत्नागिरीमा स्याउ टिप्ने काम गर्दै आएको बताए । “हाम्रो देशमा काम पाउनै गाह्रो छ, पाइहाले पनि यहाँको कमाइले परिवारको खर्च धान्न मुस्किल पर्छ । त्यसैले रोजगारीका मुग्लान जानुको विकल्प छैन । यस्तै चाडपर्वमा घरपरिवार भेट्न आए पनि फेरि उतै जानुपर्छ”, सार्कीले भने ।

सोही नाकाबाट बाहिरिरहेका डडेल्धुराका गङ्गा महराले पनि बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाटका लागि घर आएको र चाडवर्प सकिएसँगै फेरि रोजगारीका लागि भारतको सुरत फर्किन लागेको सुनाए । यस्तै, अछामका सन्तोष परियारले पनि रोजगारीका लागि भारतको मुम्बई गइरहेको बताए । यसरी छिमेकी मुलुक भारत जाने नेपालीहरू कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्छन् ।

कतिपयले खेतीपातीको काम सम्पन्न गरी अन्नबाली नभित्रिएसम्म भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्छन् । खेतीपाती नहुनेहरू भने लामो समयको अन्तरालपछि चाडबाड मनाउन घर आउने गरेका छन् ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरमा जाने गर्छन् । बिनाभिसा र रोजगारी सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेको बताइन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ४३ बजे

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३