२ पुस २०८२, बुधबार | December 17, 2025

एनपीएल : गप्टिलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य (फोटो फिचर)



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले १२८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सले १९ ओभरमा १२७ रन बनाएको छ ।

उद्घाटन खेलमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो ।

विराटनगर किंग्सका लागि मार्टिन गप्टिलले ४३ रनमा ५५ रन बनाएका छन् । अकिब इलियासले १५ रन जोड्दा बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले समान ७-७ रनको योगदान दिए ।

जनकपुरका लागि ललित राजवंशीले विराटनगरका तीन विकेट लिँदा हर्ष थाकेर र किशोर महताले समान २-२ विकेट लिए । यस्तै बेन माइक र मोहम्मद मोहसिन पनि जनकपुरका लागि समान १-१ विकेट लिन सफल भएका छन् ।

 

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  २ : १२ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग