२ पुस २०८२, बुधबार | December 17, 2025

जनकपुर बोल्ट्स एनपीएलको पहिलो खेलमा विजयी



काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।

विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका लागि मिलन्थाले  ५३ बलमा  ९ चौका र  ३ छक्काको मद्दतले अविजित ७५ रन बनाए । यसैगरी हर्ष थाकर २९ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि मिलन्था र थाकरले अविजित ११६ रनको साझेदारी गरे । विराटनगरका लागि प्रतिस जिसी र क्रिस सोलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्यो । विराटनगरका लागि गुप्टिलले ४३ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी अकिब इल्यासले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, किशोर महतो र हर्ष थाकरले समान दुई तथा बेन माइक र मोहम्मद मोहसिनले समान एक विकेट लिए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ३ : ३६ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग