२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

जनकपुर बोल्ट्स एनपीएलको पहिलो खेलमा विजयी



काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।

विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका लागि मिलन्थाले  ५३ बलमा  ९ चौका र  ३ छक्काको मद्दतले अविजित ७५ रन बनाए । यसैगरी हर्ष थाकर २९ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि मिलन्था र थाकरले अविजित ११६ रनको साझेदारी गरे । विराटनगरका लागि प्रतिस जिसी र क्रिस सोलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्यो । विराटनगरका लागि गुप्टिलले ४३ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी अकिब इल्यासले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, किशोर महतो र हर्ष थाकरले समान दुई तथा बेन माइक र मोहम्मद मोहसिनले समान एक विकेट लिए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ३ : ३६ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ