५ श्रावण २०८३, मंगलबार | July 22, 2026

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका सई २५ हजार घुससहित पक्राउ



काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो । उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए ।

सेवाग्राहीबाट लिइसकेको २५ हजार रुपैयाँ नगदसहित उनलाई पक्राउ गरिएको घिमिरेले जानकारी दिए । सवारीसाधन आवत(जावतमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनलाई पक्राउ गर्न गएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : ०८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं