६ पुस २०८२, आइतबार | December 21, 2025

उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभारम्भ



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शभाराम्भ गरेका छन । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उनले मेला शुभाराम्भ गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नी चम्पादेवी र परिवारका अन्य सदस्यसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गरे । उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्वमन्त्री, पूर्वसांसद्, स्थानीय सुरक्षा अधिकारी, गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारी, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधि तथा उपस्थित श्रद्धालु भक्तजनले स्वागत गरेका थिए ।

उपराष्ट्रपति यादवले गढीमाई मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवसहितका पदाधिकारी तथा सुरक्षाकर्मीसँग जानकारी लिँदै मेला सफलताको कामना गरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : २८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको