२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

कप्तान दीपेन्द्रसिंह ऐरीको शानदार अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको चुनौती दिएको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा टस हारेर सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक पूरा गरे । उनले २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए । उसका लागि ब्रान्डनले ३६ रन बनाए । २६ रनको सामना गरेका उनले दुईदुई चौका र छक्काको मद्दतमा ३६ रन जोडेका हुन् । विनोद भण्डारीले २० बलमा चार चौकाको मद्दतमा २३ रन बनाए । इशन पाण्डेले १६ बलम दुई चौका र एक छक्काको मद्तमा २१ रन बनाए । सैफ जैब १५, स्कट कुग्गेलिजन १०, आरिफ शेखले ९ रन बनाएको खेलमा अमित श्रेष्ठले १ रनमा आउट भएका थिए ।

विराटनगरका लागि अनिल खरेलले चार ओभरमा २६ रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमेदले एकएक विकेट हात पारे ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १० : ५३ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ