१ पुस २०८२, मंगलबार | December 16, 2025

रोमाञ्चक खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई हरायो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो ।

लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

विराटनगरका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । लोकेशले ४७ बलमा ७१ रन बनाए । उनले ६ छक्का र ३ चौका प्रहार गरे । बसिर अहमदले ४० रन जोडे । मार्टिन गप्टिलले २८ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । विराटनगरका लागि रामोन सिमन्ड्स, साद बिन जफर र दुर्गेश थापाले २-२ विकेट लिए ।

यसअघि लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए । विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १-१ विकेट लिए ।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्टस र दोस्रोमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : ४० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष