१ पुस २०८२, मंगलबार | December 16, 2025

आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल बिहान ९:१५ बजेबाट सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुँदैछ । सो खेल अपरान्ह १:१५ बजेबाट सुरु हुनेछ । आज हुने पहिलो खेलमा पोखराबाट कुशल भुर्तेल नेतृत्व गर्दैछन् भने लुम्बिनीको नेतृत्व रोहितकुमार पौडेलले गर्नेछन् ।

एनपीएल गत शुक्रबारबाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको प्रतियोगितमा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : २७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज