१ पुस २०८२, मंगलबार | December 16, 2025

कर्णालीले चितवनविरुद्ध पहिला फिल्डिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलका निम्ति भएको टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोज्दै चितवनलाई ब्याटिङमा निम्त्याएका हुन् ।

प्रतियोगितामा कर्णाली पहिलो जितको खोजीमा छ । कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेट पराजित भएको थियो ।

यता, चितवन भने प्रतियोगितामा आज लगातार तेस्रो जितको खोजीमा छ । चितवनले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

त्यस्तै आजको दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिचमा हुँदै छ । सो खेल अपरान्ह १ बजे हुने छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज