१ पुस २०८२, मंगलबार | December 16, 2025

चितवनले दियो कर्णालीलाई १३१ रनको मध्यम लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३० रन बनायो। चितवनका लागि रवि बोपाराले आक्रामक अर्धशतकीय पारी खेले ।

मात्र ३५ बलमा अर्धशतक बनाएका बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा नटआउट ५९ रन बनाए ।

यस्तै कप्तान कुशल मल्लले २७ बलमा २३ रन बनाउँदा बिपीन रावलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता कर्णाली याक्सका लागि ट्यालेन्ट हन्टबाट आएका बिपीनप्रसाद शर्माले तीन विकेट लिए । चार ओभरमा २१ रन खर्चिएको महत्त्वपूर्ण तीन विकेट लिएका हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ११ : ०१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज