२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

नेपाल प्रिमियर लिग : कर्णाली याक्सको पहिलो जित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।

यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।

धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९‍.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।

अन्तिम ओभरमा जितका लागि कर्णालीलाई ९ रन आवश्यक थियो । क्रिजमा जिसान मक्सुद र अर्जुन घर्ती थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ०२ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ