१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित, गौसले बनाए शतक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ओपनर एन्ड्रिज गौस र दिनेश खरेलको उत्कृष्ट साझेदारी सहयोगमा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित नेकालेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १७१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका उत्रिएको पोखराले विकेट नगुमाई १७६ रन बनाएको हो ।

पोखराका आपेनरहरूले विस्फोटक ब्याटिङ गर्दा लुम्बिनीविरुद्ध सहज जित निस्किएको हो । एन्ड्रिज र दिनेशले पावर प्लेमा ८० रनको साझेदारी गरे । जारी प्रतियोगिताको पावर प्लेमा बनेको यो सबैभन्दा बढी रन हो । यसअघि पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पावर प्लेमा १ विकेटको क्षतिमा ६२ रन बनाएको थियो ।

त्यस्तै, जारी प्रतियोगितामा एन्ड्रिज र दिनेशको यो सबैभन्दा बढी १७६ रनको साझेदारी हो ।

यही खेलमा पोखराका ब्याटर एन्ड्रिजले प्रतियोगिताको पहिलो शतक प्रहार गरे । अर्को ओपनर दिनेशले खरेलको पनि अर्धशतक प्रहार गरे । ४ चौका र ४ छक्काको सहयोगमा उनले ४६ बलमा ६१ रन प्रहार गरे ।

जारी प्रतियोगिता एकै टिमका खेलाडीले शतक र अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ४ : १६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज