१ पुस २०८२, मंगलबार | December 16, 2025

सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुदूरपश्चिमले भने एनपिएलमा लगातार तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।

विवेकले ५१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोड्दा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल ५, उन्मुक्त चन्द ४, अर्जुन साउद ०, रामोस सिमण्ड्स ०, सूर्य तामाङ ७, टम मुर्स ७ र साद विन जफर शुन्य रनमा आउट भए ।

१९ रन जोड्दा ५ विकेट गुमाएको लुम्बिनीको ब्याटिङलाई विवेकले सम्हाल्ने कोशिस गरेपनि सफल हुन सकेनन् । उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । बलिङमा सुदूरपश्चिमका बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले ३-३ र स्कट कुगेलेइनले २ र अभिनास बोहराले एक विकेट लिए ।

त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएका थियो । सुदुरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भन्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाएका थिए ।

बलिङमा रामोन सिमण्ड्सले २, कप्तान रोहित पौडेल र विवेक यादवले एकएक विकेट लिएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज