१ पुस २०८२, मंगलबार | December 16, 2025

देव र विलियमको अर्धशतकीयमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किङ्स सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारको दोस्रो खेलमा कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा विराटनगर किङ्स सामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

कर्णाली याक्सका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । देव खनालले ४८ बलमा ५३ रन बनाउँदा विलियम बोसिस्टोले कर्णाली याक्सका लागि ४९ बलमा ६६ रनको योगदान दिए ।

शिखर धवन ५ र चाणविक वाल्टन १ रनमै पभेलियन फर्किएका थिए । यस्तै गुलसन झा १ बल खेलेर बिना कुनै रनमा आउट भएका थिए । कर्णाली याक्सका लागि जिसन मकसुदले ३ बल खेलेर २ रन जोड्दा अर्जुन घर्तीले ४ बलमा मात्र १ रनको योगदान दिए । नन्दन यादव, विपिनप्रसाद शर्मा भने बिना कुनै रन पभेलियन फर्किए ।

विराटनगर किङ्सका लागि प्रतिश जीसीले ४ विकेल लिँदा वसिर अहमद र क्रिस सोलले समान २-२ विकेट लिए । अकिब इलियासले कर्णाली याक्सको १ विकेट झारेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  २ : ४४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज