८ माघ २०८२, बिहिबार | January 22, 2026

धनगढीका प्रमुख हमाललाई थप उपचारका लागि दिल्ली लगियो



धनगढी । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ ।

नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको जानकारी दिए । श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आज अपरान्ह थप उपचारका लागि दिल्ली लगिएको धनगढी उपमाहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रबहादुर खातीले बताए ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ८ : ३९ बजे

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप