१ पुस २०८२, मंगलबार | December 16, 2025

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहानको खेलमा जनकपुरले लुम्बिनीलाई १३७ रनको चुनौती दिएको छ । ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै जनकपुरले १३६ रन बनाएको हो । लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा चमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको हो ।

जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके । उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे। उनी सन्दीप जोराको बलमा क्याच आउट भएका हुन् । जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए ।

लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके । मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए ।

कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए । उसका लागि सन्दीप जोराले एक-एक विकेट हात पारे ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ५३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज