१ पुस २०८२, मंगलबार | December 16, 2025

सुदूरपश्चिमविरुद्ध चितवनले ब्याटिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आठौँ दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ ।

टीयू क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन् । तीन जितसहित तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमसँग तेस्रो स्थानको चितवनले प्रतिस्पर्धा गर्न लागेको हो ।

सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ भने चितवन कुशल मल्लको कम्तानीमा छ । पहिलो खेलमा विराटगरलाई ९० रनले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौंमाथि ७३ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने शनिबार लुम्बिनीलाई ४५ रनले हराएको छ ।

अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ । जनकपुर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पुगेको हो । यता, पहिलो खेलमा काठमाडौंविरुद्ध पाँच विकेटले विजयी भएको चितवनले दोस्रो खेलमा पोखरामाथि ८७ रनको शानदार जित निकालेको छ ।

तेस्रो खेलमा कर्णालीसँग एक बल बाँकी छँदा ६ विकेटले पराजित भएको चितवन आज अर्को जितको खोजीमा हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज