१ पुस २०८२, मंगलबार | December 16, 2025

लगातार हारेको लुम्बिनीले पहिलो जित निकाल्दा चितवनलाई धक्का



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ । यससँगै लगातार तीन खेलको हारपछि लुम्बिनीले पहिलो जित निकालेर राहतको श्वास फेरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको चितवनले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग दुई विकेटले हारेको थियो । दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय व्यहोरेको थियो । लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनले हारेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : २९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज