१ पुस २०८२, मंगलबार | December 16, 2025

पोखराले काठमान्डुलाई दियो १३९ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनायो । पोखराका लागि मध्यक्रमका ब्याट्सम्यान रेमोन रेइफरले अविजित ३० बलमा ४१ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए ।

काठमान्डुका लागि रासिद खान र करण केसीले समान ३ विकेट झारे। यसैगरी जेहार्ड इरासमस र माइकल लेविटले एक एक विकेट लिए।

शिर्ष ४ मा पुग्नका लागि पोखरा र काठमाडौंलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ११ : ०२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज